टिभीएस थ्री व्हीलर्सको विशेष उपहार योजना

टिभीएस थ्री व्हीलर्सको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।
कम्पनीले १६ फागुनसम्म सञ्चालन गर्ने सर्भिस क्याम्पमा विशेष उपहार योजनासमेत ल्याएको जनाएको छ । देशका विभिन्न ठाउँमा सञ्चालन हुने सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले विशेष उपहार पाउने कम्पनीको भनाइ छ ।
मेलामा सहभागी हुने सबै ग्राहकहरुले निःशुल्क रुपमा आफ्नो थ्री व्हीलर्सको सर्भिसिङ र मर्मतमा लेबर चार्ज तिर्न नपर्ने बताइएको छ । यसका साथै पाटपूर्जामा १५ प्रतिशतसम्म छुट पाउने पनि बताइएको छ । मेला अवधिमा टिभीएस किङ खदिर गर्दा पाँच हजार रुपैयाँ छुट पाउने पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जगदम्बा मोटर्सले हाल विभिन्न पाँच मोडलका थ्री व्हीलर्सहरु नेपाली बजारमा ल्याएको छ । नेपालभर एक सय भन्दा बढी डिलर्स रहेको भन्दै कम्पनी आफ्ना उत्पादन ग्राहकले अत्यधिक रुचाएको पनि दावी गरेको छ ।