Logo

बागेश्वरी मन्दिरलाई मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेरा सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत यसअघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिरमा ८ थान सिसिटिभी क्यामेरा जडान गरी शुभारम्भ गरेको हो ।
यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजन र मन्दिरको भौतिक संरचनाको सुरक्षा एवम् संरक्षण गर्न मद्दत पुग्ने विस्वास लिएको बैंकले जनाएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिको हितमा काम हुने विश्वास लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्