Logo

चांगनको सेडान एल्सभीन नेपाली बजारमा लोकप्रिय बन्दै

चांगन अटोको उत्कृष्ट सेडान एल्सभीनले छोटो समयमै नेपाली बजारमा लोकप्रिय भएको कम्पनीले जनाएको छ ।
दुई महिनाको छोटो अवधीमै नेपाली अटोमोबाइल उद्योगको ध्यानाकर्षन गर्न एल्सभीन सफल भएको बताइएको छ ।
नेपाली बजारमा आगमन भएको दुई महिनाको अवधीमै ५ जना ग्राहकलाई एल्सभीन वितरण गरिसकिएको छ भने अरु १५ जनाले आफ्नो बुकिङ निश्चित गरिसकेको कम्पनीले जनाएको छ । ग्राहकहरुबाट उत्कृष्ट प्रतिकृया प्राप्त गरेको एल्सभीन आरामदायी र आफ्नो विविध विशेषताले ग्राहकलाई प्रभावित पार्न सफल भएको बताइएको छ ।
एल्सभीन आरामदायी उत्कृष्टता र विविध विशेषताहरुको समिश्रण हो । एल्सभीनमा १.५ लिटर ब्लु कोर इन्जिन, ५ स्पिड म्यानुयल ट्रान्स्मिसन र १३७० सीसीको इन्जिन रहेको छ । ब्लु कोर इन्जिनले ९९ बि.एच.पी र १३५ एन.एम प्रदान गर्दछ जसले थोरै इन्धनको खपतमा उच्चतम प्रतिफल प्रदान गर्दछ । ग्राहकहरुले यसमा रहेको ७ इन्चको टच स्क्रिनको सजिलै सगँ विविध प्रयोग गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एल्सभीनको एलईडी डीआरएलएस र बटरफ्लाइ ग्रिलले सजिलै सँग ध्यानाकर्षण गराउँदछ ।
यसको भित्री बनाओटमा प्रयोग भएको उत्कृष्ट छालाको सिट र बाहिर रहेको १५ इन्चको एलो हुल्इस्ले जो कोहीलाई पनि आकर्षित गर्ने कम्पनीके भनाई छ । एल्सभीनमा प्रयोग भएको स्पोर्टी फ्लाट स्टिरिङले चालकलाई सहजता प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्