गुल्मीमा ग्लोबल आइएमईको २ शाखारहित बैंकिङ «

गुल्मीमा ग्लोबल आइएमईको २ शाखारहित बैंकिङ

 ग्लोबल आइएमई बैंकले मंगलबारदेखि गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं. ५, आँपचौरमा आफ्नो ६१ औं तथा सोही नगरपालिकाको वडा नं. ५, भुवाचिदीमा ६२ आँं शाखारहित बैकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैकिङ सेवाहरुको उद्घाटन मुसीकोट नगरपालिकाको मेयर सोमनाथ सापकोटाले छुट्टाछुट्टै समारोहबीच उद्घाटन गरेका थिए । आँपचौरमा खोलिएको सेवाको लागि स्थानीय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि स्थानिय सागर सापकोटा व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी दुवै क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्