Logo

कोका–कोला ‘मोःमोत्सव’ को सातौ संस्करण

कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको सुरुवात गरेको छ । ६ वर्षदेखि सञ्चालन गर्दै आएको मोःमोत्सव यो वर्ष पनि सुरु गरिएको कम्पनीले जनाएको छ ।
कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो, जसमा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।
यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्तालाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको कम्पनीको दावी छ ।
कोका–कोला मोःमोत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुँदैछ ।
कम्पनीका अनुसार यो अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको छ । यसले गर्दा कोक र मःम खाने उपभोक्ताहरुले प्रियंका र स्वस्तिमालाई भेट्ने तथा उनीहरुसँग फोटो खिच्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्