Logo

आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

आइएमई पे र एभरेष्ट बैंकबीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताका लागि गरेको सम्झौतासँगै उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्ने बताइएको छ ।
हालसम्म नेपालका १४ वटा बैंकसँग यस्तै सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फरलगायतका फाइदाहरू रहेको कम्पनीको दावी छ ।
आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुविधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अध्यावधिक गरिएको छ भने आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्नेलगायतका सुविधा उपलब्ध हुने बताइएको छ ।
यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्