साउदीमा हिमालय एअरलाइन्सको उडान सुचारु

हिमालय एअरलाइन्सले साउदी अरेबियाका दमाम र रियादका लागि उडानहरू सुचारु गरेको छ ।
यसअघि साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि कम्पनीले ९ देखि १२ फेब्रुअरीसम्म उडान बन्द गरेको थियो ।
९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुहरुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण समेत गरिएको कम्पनीले जनाएको छ । यसबाहेक १० फेब्रुअरीपछि यी क्षेत्रहरूका लागि अग्रिम टिकट बुक गरेका यात्रुहरूले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एअरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले भनेको छ ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष, विजय श्रेष्ठले भने, “हामीले यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं र साउदी सिभिल एभिएसनसँग पनि समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।”