गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ «

गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’

गरिमा विकास बैंकले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।
न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक निक्षेप खाता रहेको बैंकले जनाएको छ । यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाइदा लिन सकिने बताइएको छ ।
निक्षेप योजना अन्र्तगत योजना अवधि भित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाइनेछ । यस बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको बैंकले जनाएको छ । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित अपेक्षा लिएको बैंकको भनाइ छ ।
हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटीएममार्फत सेवा दिँदै आएको छ । छ

प्रतिक्रिया दिनुहोस्