सिटिजन्स बैंक र एसईईडी ल्याबबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलस्थित एसईईडी ल्याबबीच छुट दिनेबारे सम्झौता भएको छ । सम्झौतासँगै सिटिजन्स बैंकको कार्डबाहकलाई ३० प्रतिशत छुट पाउने भएका छन् । यो सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैंकिङमार्पmत विभिन्न सेवा प्रदायकको बिलसमेत भुक्तानी गर्ने सुबिधा बैंकले प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९२ वटा शाखारहित बैंकिङ इकाइबाट १३ लाख भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।