एभरेष्ट बैंकका पाँच नयाँ शाखा सञ्चालनमा

एभरेष्ट बैंकले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरु उपलब्ध गराउन लुम्बिनी प्रदेशका विभिन्न स्थानमा नयाँ शाखाको सुरुवात गरी सञ्चालनमा ल्याएको छ ।
बैंकले लुम्बिनी प्रदेशका खैरेनी, योगिकुटी र मणिग्राम, रजितपुर र मुर्गियामा नयाँ शाखाहरु उद्घाटन गरेको छ । सो शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षहरुबाट संयुक्त रुपमा भएको छ । उक्त उद्घाटन समारोहमा बैंकको लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्ति उपस्थित रहेको बैंकले जनाएको छ ।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत खालिङले लुम्बिनी प्रदेशका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्धता जनाए ।
बैंकमा हालसम्म करिब १२ लाख ग्राहको बताइएको छ । देशैभरि छरिएर रहेका आफ्नो ११० शाखा सञ्जाल, १४३ प्रादेशिक कार्यालय र विभिन्न स्थानमा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एवम् एसएमएस बैकिङको सुविधा प्रदान गरेको बैंकको भनाइ छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको जनाएको छ ।