Logo

मुख्यमन्त्री पाण्डे भक्तपुर भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका छन् । प्रमुख प्रजापतिले मुख्यमन्त्री पाण्डेलाई नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरे ।
नगर प्रमुख प्रजापतिको स्वागतमा आयोजित कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक सय शैय्या क्षमताको स्वीकृति प्रदान गर्न, अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि स्वास्थ्य उपकरण तथा सामग्री व्यवस्था गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बागमती प्रदेशले समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्न सोही अनुरुपका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयकमा सार्वजनिक, मानित र ट्रष्टअन्तर्गत विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्था रहेको हुँदा स्थानीय तहले त्यसअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्न सकिने धारणा व्यक्त गरे ।
उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै बागमती प्रदेशले प्रदेश मातहतका अस्पताललाई एक अर्ब बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको स्मरण गराए ।
उनले ख्वप अस्पताल एक सय शैय्याको स्वीकृति तथा आवश्यक सहयोगका लागि मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे । आकारले सानो भक्तपुर नगरलाई ‘ज्ञानविज्ञानको केन्द्र’ र पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानलाई सार्थकता दिन भक्तपुर नपाले जोड दिँदै आइरहेको बताउँदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका क्रममा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्