Logo

सवारी कारवाहीबाट साढे दुई करोड राजस्व संकलन

सिन्धुली-जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी कारवाहीबाट सात महिनामा साढे २ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको सात महिनामा सवारी कारवाहीबाट २ करोड ७५ लाख ७ हजार राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीका अनुसार ट्राफिक नियम पालान नगर्ने सवारी कारवाहीबाट उक्त रकम संकलन भएको हो । सबै भन्दा बढी रकम माघ महिनामा संकलन भएको उनले जानकारी दिए ।
सिन्धुली जिल्लाभित्र र जिल्ला छोएर चल्ने चल्ने सवारी साधानले ट्राफिक नियम पालना नगर्दा भएको कारवाहीबाट माघ महिनामा ३३ लाख ९२ हजार ५ सय राजस्व संकलन भएको छ । माघ महिनामा १ हजार ५० वटा ट्रक कारवाहीबाट १० लाख ३० हजार राजस्व संकलन भएको छ । यस्तै ४ सय १० वटा बस कारवाहीबाट ४ लाख १० हजार, ७ सय ७० वटा जिपकार कारवाहीबाट ७ लाख ६० हजार, १ सय ९० वटा ट्याक्टर कारवाहीबाट १ लाख ८५ हजार, ७ सय ९१ वटा मोटसाइकल स्कुटर कारवाहीबाट ७ लाख ५२ हजार र २ सय ८९ वटा अटो तथा अन्य कारवाहीबाट २ लाख ५५ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
साउन महिनामा सवारी साधन कारवाहीबाट २६ हजार ९३ हजार राजस्व संकलन भएको छ । भदौमा २७ लाख ६१ हजार ५ सय, असोजमा ३० लाख २५ हजार, कार्तिकमा २९ लाख ३० हजार ५ सय, मंसिरमा २९ लाख ७ हजार ५ सय, पुषमा ३० लाख ४४ हजार राजस्व संकलन भएको छ ।
मापसे, रुट परमिट नभएको, ओभरलोड, सिट बेल्ट हेल्मेट प्रयोग नगरेको, बत्तिको अवस्था ठिक नभएको, छतमा यात्रा, सिट क्षमता भन्दा बढी यात्रुु राखेका लगायत ट्राफिक नियम पालना नगर्ने सवारी साधन कारवाही गरिएको ट्राफिक प्रमुख कार्कीले बताए ।
यस्तै चार महिनाको अवधिमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । साउन, भदौ, असोज र कात्तिकमा ६ जना पुरुष २ महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो । सोही अवधिमा ३९ जना गभिर गाइते भएका छन् । २३ जना पुरुष, १३ जना महिला, २ जना बालक र १ बालिका गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै सोही अवधिमा १ सय २५ जना घाइते भएका छन् । जम्मा ८५ वटा सवारी दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्