हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह «

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
यसअघिका सीईओ सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरेर सेवानिवृत्त भएसँगै कम्पनीले शाहलाई सीईओमा नियुक्त गरेको हो । “कम्पनीको जिम्मेवारी पाएसँगै कम्पनीको उद्धेश्य र लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छु ।” उनले भने ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले शाहको नेतृत्वले कम्पनीलाई अझ माथि पु-याउने विस्वास व्यक्र गरे ।

प्रतिक्रिया दिनुहोस्