Logo

एनआईसी एशिया क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवा सञ्चालन

एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’सवा सञ्चालनमा ल्याएको छ ।
जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनी स्थापनादेखि विभिन्न चरणका कामसँगै आईपीओ जारी गर्नेसम्मका सम्पूर्ण सेवा उपलब्ध हुने बताइएको छ । यो सेवा जुनसुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्ने बताइएको छ । विशेष गरि यो सेवा कृषि, जलविद्युत, होटल तथा पर्यटन, स्वास्थ्य सेवा, औषधि, होटल तथा आत्थ्यितालगायत विजभिन्न उद्योगहरुले लिन सक्ने बताइएको छ ।
कुनै पनि कम्पनी स्थापनकालदेखि आईपीओ जारी गर्ने अवस्थासम्म पु-याउनु पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रियामा यो सेवा प्रभावकारी ह्ुने बताइएको छ ।
आइडियादेखि आईपीओसम्मको यात्रालाई सफलतापूर्वक अगाडी बढाउन कम्पनीले महतवपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ । यसका लागि कोषले पुँजीको श्रोत जुटाइदिने मात्र नभई कम्पनीलाई थप नयाँ उचाइमा पु¥याउन सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ती, कम्पनीको ब्राण्डिङ, व्यवसायीक कार्ययोजना, रणनीतिको तर्जुमालगायतका कार्यहरु गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्