Logo

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

pic : anfa

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अंक जोडेर सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अंकका साथ अंक तालिकाको आठौँ स्थानमा यथावत् छ ।
आइतबार नै भएको विभागीय टोली एपिएफ र संकटा क्लबको खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै सहिद स्मारक ए डिभिजन लिगमा १०औं चरणका खेल पनि सकिएका छन् । साविक विजेता मछिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । अब लिगमा मंगलबारबाट ११औं चरणका खेल आरम्भ हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्