Logo

खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

खोटाङमा सार्वजनिकबिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएको पाइएको छ । शनिबार बिनापास चलाएको भन्दै प्रहरीले चारवटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको बा२ब ९४४८ नम्बरको मोटरसाइकल, दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा२ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३–०२–००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।
अब उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने शर्तमा छाडिएको र मोटरसाइकलसम्बन्धित कार्यालयलाई बुझाइएको शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्