पुँजीगत खर्च बढाउन सुझाव

पूर्व अर्थमन्त्री फोरमले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको छ । फोरमले देशको आर्थिक अवस्था र बजेट तथा समसामयिक विषयहरुमा पनि आफ्ना धारणा प्रस्तुत गरेको छ ।
बैठकमा रेमिट्यान्स बढाउने, पुँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने र आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयमा छलफल भएको छ ।
बैठकमा पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत,सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरु उपस्थित थिए ।