Logo

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित सेवा रुकुममा

सिटिजन्स बैंकले पूर्व रुकुमको भुमे गाउँपालिका, महतमा आफ्नो ९२ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी धनबहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने बैंकले जनाएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले देशैभरी रहेका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९२ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १३ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्