Logo

प्रभुले ग्लोबल मार्केट प्रतिवेदन मासिक रुपमा प्रकाशन हुने

प्रभु क्यापिटलले नेप्सेमिटर अन्तरगत लगानीकर्तालाई अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न आर्थिक घटना तथा क्रियाकलापलाई समेटर मासिक रुपमा ग्लोबल रिर्पोट प्रकाशित गर्न थालेको जनाएको छ ।
साप्ताहिक तथा मासिक प्रतिवेदन प्रकाशित गरी नेपाली पुँजीबजारमा भइरहेको कारोबारदेखि विभिन्न घटनाको बारेमा लगानीकर्तालाई सुसूचित गर्दै आएको कम्पनीले लगानीकर्तालाई अन्तर्राष्ट्रिय गतिविधिका बारेमा पनि जानकारी गराउने बताएको छ । क्यापिटलले जनवरी महिनाको मासिक ग्लोबल मार्केट प्रतिवेदन पहिलो संस्करण प्रकाशित गरिसकेको जनाएको छ ।
सो मासिक ग्लोबल रिपोर्ट लगानीकर्ता तथा पाठकले प्रभु क्यापिटलको वेबसाइमा हेर्न सक्ने बताइएको छ । सो प्रतिवदेनमा क्यापिटलले ग्लोबल मार्केट परीसूचक, कमोडिटी बजार, वैदेशिक मुद्रा विनिमय बजार तथा क्रिप्टो बजालगायतलाई समेट्न बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्