आइएमई मोटर्सको ‘गुरुजीबाट साहुजी’ बनाउने योजना

नेपालका लागि अशोक लेल्यान्ड कमर्सियल भेइकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरू गरेको छ ।
गुरुजी (सवारी चालक) हरूलाई सवारी धनी बनाउने उद्देश्यले अभियान सुरू गरेको कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत अशोक लेल्यान्डका जुनसुकै लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका सवारी साधन बिना धितो ८० प्रतिशतसम्म फाइन्यान्स सुविधामा खरिद गर्न सकिने बताइएको छ । यी सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन् ।
यो योजना आफ्नै व्यवसाय सुरू गर्न चाहने चालकहरू लक्षित रहेको कम्पनीको भनाइ छ । “हामीले यसलाई ‘गुरुजीबाट साहुजी’ योजना भनेका छौं” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगार काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ । त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरू गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यसबाट लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
नेपालमा अशोक लेल्यान्डका सवारी साधनले हाल राम्रो बजारमा पाएको छ । अहिले नेपालभर यसका २० भन्दा बढी आधिकारिक वर्कसपहरू रहेको कम्पनीको भनाइ छ ।
नयाँ योजना सार्वजनिक गर्ने क्रममा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले भने, “यो अफर यातायात–ढुवानी व्यवसाय सुरू गरी आफ्नै उद्यमको मालिक बन्न चाहने सवारी चालक र अन्य रोजगार नभएका व्यक्तिहरूको लागि सुनौलो अवसर हुन सक्छ ।”