Logo

खल्तीबाटै काठमाडौं महानगरको कर भुक्तानी सुविधा

खल्ती डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा सुरु गरेको छ ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू खल्तीमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्का स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी सुर गरेको बताए । कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा कम्पनीले राखेको उनले बताए ।
खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले भिन्न सेवा प्रदायकको सेवा भुक्तानी लगायतमा सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्