Logo

कांग्रेसका बाँकी जिल्लाको अधिवेशन १६ फागुनमा हुने

नेपाली कांग्रेसको बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । नेपाली कांगेस केन्द्रिय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकी जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्नका लागि विधान मस्यौदामाथि पनि छलफल सुरु गरिएको र त्यसका लागि आवश्यक सबै निर्णयहरु गर्न आइतबार पुनः केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । नेपाली कांग्रेसले शनिबारको बैठकमा भातृ संगठनहरुको विधानलाई संघीयता अनुकूल बनाउने गरी नेता एनपी साउद नेतृत्वको समितिले १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिमा पेश गरिएको थियो । त्यसलाई छलफल गरेर पारित गर्न सो विधान मस्यौदा पनि बैठकमा प्रस्तुत गरिएको छ । त्यसलाई सबै नेताहरुले अध्ययन गरेर आइतबार २ बजे बोलाइएको बैठकमा पारित गर्ने निर्णय गरिएको पनि प्रवक्ता महतले बताए ।
बिहीबारबाट सुरु भएको बैठक मूलतः स्थानीय तहको निर्वाचनबारेको छलफलमा केन्द्रित रहेको नेता अर्जुननरसिंह केसीले बताए । उनले पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी अघि बढ्न आफूले पार्टी नेतृत्वलाई सुझाव दिएको पनि जानकारी दिए । बैठकमा नेताहरुबीच एमसीसी संसदबाट पारित गरेर जानुपर्छ भन्ने विषयमा एकमत रहेको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्