Logo

ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ ।
राजधानीमा शुक्रबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो । नेपाली रजतपटका स्टार किड्स अनमोल केसी (नायक भवन केसिका छोरा) र सुहाना थापा (नायिका झरना थापाकी छोरी)ले ’ए मेरो हजुर ४’ मा अभिनय गरेका छन् । आज सार्वजनिक भएको गीतमा रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । ’ए मेरो हजुर’ सिक्वेलको पहिलो फिल्ममा रहेको ’फूलको थुङ्गा’लाई पुनःर्सिजना गरेर तयार भएको संगीतमा गायक सुगम पोखरेल र अस्मिता अधिकारीले आवाज दिएका छन् ।
ए मेरो हजुर ४ सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । सुहाना इन्टरटेन्मेन्ट नायिका झरना थापाको घरेलु कम्पनी हो । नायिका थापाको निर्देशनमा बनेको यो फिल्मको कथा स्वर्गीय छेतेन गुरुङ र निर्देशकको सहकार्यमा तयार भएको हो भने पटकथा गुरुङ र निर्देशक थापासहित ७ जनाको समूहले तयार पारेको हो ।
कोरोनाका कारण निर्माणमा ढिलाइ भएको यो फिल्म नयाँ वर्षको अवसरमा प्रदर्शनमा ल्याउने तयारी रहेको फिल्म निर्माण कम्पनिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्