Logo

महालक्ष्मी विकास बैंक हेभेनली स्पाबीच सम्झौता

महालक्ष्मी विकास बैंक र हेभेनली स्पाबीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।
ग्राहकलाई विभिन्न सेवामा छुट दिने उद्देश्यले हेभेनली स्पासँगको समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । उक्त सम्झौतापश्चात सो बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवामा छुट पाउने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । डिजिटल युगसँग नेपालीजनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यस बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी १०३ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्