आईईएलटीएस परीक्षाको शुल्क भुक्तानी अब ई–सेवाबाट «

आईईएलटीएस परीक्षाको शुल्क भुक्तानी अब ई–सेवाबाट

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेसनले नेपालमा सञ्चालन गर्दै आएको आईईएलटीएस परीक्षाको शुल्कको भुक्तानी अबदेखि ई–सेवामार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा आईडीपी आईइएलटीएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भएको छ ।
कार्यक्रममा बोल्दै आईडीपी आईईएलटीएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईईएलटीएस परीक्षाथीहरुलाई शुल्क भुक्तान गर्न बैंक गएर लाइनमा उभिने झन्झ्टबाट छुट्कारा दिँदै समग्र रजिस्ट्रेसन प्रक्रियामा सहजता ल्याउनेछ भन्ने विश्वास प्रकट गरे । विश्वभरिका ६० वटाभन्दा धेरै देशमा आईईएलटीएस परीक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा, चितवन, बुटवल, विराटनगर र बिर्तामोडमा परीक्षा सञ्चालन गर्छ ।
१९ हजार ५ सय रुपैयाँ परीक्षा शुल्क ई–सेवाको मोबाइल एप, वेबसाइट वा कुनै पनि नजिकैको ई–सेवा जोन पोइन्टमा गई भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्