दलहरुको समन्वयमा भूमिहीन र सुकुम्बासीको समस्या समाधान «

दलहरुको समन्वयमा भूमिहीन र सुकुम्बासीको समस्या समाधान

धादिङ-राष्ट्रिय भूमि आयोग धादिङका नवनियुक्त अध्यक्ष कृष्णप्रसाद अर्याल एक्लैले पदभार ग्रहण गरेका छन् ।
जिल्लास्तरी समितिमा अध्यक्षसहित तीन जना सदस्य सरकारले नियुक्ति गर्ने र पाँच जना संस्थागत प्रतिनिधि हुने व्यवस्था सहित कार्यालय प्रमुखसहित अ७ जना कर्मचारी हुने व्यवस्था छ । दुई जना सदस्यको नियुक्त गर्न बाँकी छ भने कर्मचारी व्यवस्थापन पनि भएको छैन ।
अध्यक्ष अर्यालले जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्तिथितिमा पदभार ग्रहण गरेका हुन् । नवनियुक्त अध्यक्ष अर्यालले भूमि समस्या सबैको सरोकारको विषय भएकोले सबै राजनीतिक दलसँग समन्वय गरेर काम गर्ने बताए । “सहि तथ्यांक नभएका कारण पनि समस्या देखिएको छ” उनले भने, “त्यसको समाधानमा हामी काम गर्न लाग्नेछौं । पहिला आएका निवेदनहरुको खोजी गरेर नयाँलाई अर्को सूचना माग गरिनेछ ।”
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगले काम गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण लम्सालले बताए ।
लक्षित वर्गको हकहित संरक्षणमा सरकारी पक्षकै कमजोरीले पनि अन्योल थपिएको संकेत गरे । राष्ट्रिय भूमि आयोगले पुर्णता पाएसँगै अबका केही वर्षभित्र भूमि समस्या समाधान हुने नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्