विभिन्न संस्थालाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले विभिन्न संस्थालाई सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोहलपुर नगरपालिका वडा नं १५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु सहयोग गरेको छ । यस्तै बैैंकले पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्यास गिजर पनि हस्तान्तरण गरेको जनाएको छ ।
शम्सेरगंज स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर केसीद्वारा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
यसका साथै बैंकले काठमाडौं स्थित पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको कृयापुत्री भवनलाई ग्यास गिजरहरू हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलिपराज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कंडेलले संयुक्त रुपमा पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्यास गिजरहस्तान्तरण गरेका हुन् ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको जनाएको छ ।