Logo

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ ।
नेपाल वायुसेवा निगमको ट्विन अटर जहाजले सकुशल अवतरण गरी सफल परीक्षण उडान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा परीक्षण उडान गरिएको निगमले जनाएको छ ।
उक्त परीक्षण उडानको प्रतिवेदन तयार भएपछि सुरक्षाका सम्पूर्ण सिफारिसहरू अवलम्बन गर्ने गरी निगमले नियमित उडान सञ्चालनको प्रक्रिया पनि अघि बढाउने जनाइएको छ ।
सफल परीक्षण उडान सम्पन्न भएकामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले चालक दल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोलीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्