Logo

सरकारी निकायसँग नाडाको अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटो व्यवसायीका मुद्दालाई प्राथमिकताका साथ उठाउन थालेको जनाएको छ ।
सवारी प्रदूषण मापदण्ड युरो ६ को कार्यान्वयन, हायर पर्चेस कर्जालगायतका विषयमा नाडाले विभिन्न सरकारी नियकायका पदाधिकारीसँग छद्धलफल र अन्तरक्रियालाई तीव्र पारेको जनाएको छ । केही दिनअघि नाडाका अध्यक्ष धु्रव थापा नेतृत्वको टोलीले वन तथा वातावरणमन्त्री राम सहायप्रसाद यादवसँग भेटी नेपाल सवारी प्रदूषण मापदण्ड युरो ६ को कार्यान्वयनका विषयमा छलफल गरेको छ ।
सो छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाउँदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागु गर्दै जान आग्रह गरे ।
देशमा आवश्यक पूर्वाधारलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेको सन्दर्भमा यसलाई चरणबद्ध रुपमा लागू गर्ने व्यवस्थाका लागि अनुरोध गरेको नाडाले जनाएको छ ।
त्यस्तै उपाध्यक्ष राजनबाबु श्रेष्ठ नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ । सो क्रममा चालू पुँजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका विषयमा छलफल गरेका हो ।
भेटमा उपाध्यक्ष श्रेष्ठले बंैकहरुबाट निजी सवारीसाधनको हायर पर्चेस लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए ।
त्यसैगरी हालै नेपाल राष्ट्र बंैकले जारी गरेको निर्देशिकामा सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पु¥याउँदा यस्तो व्यवस्थाले सवारी साधनहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुने नाडाले जनाएको छ ।
त्यसैगरी आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँगको भेटमा नाडाले कर सम्बन्धी तालिम सम्पन्न गर्ने, बिक्रीको बिलिङ पनि एचएस कोडमै गरिनुपर्नेलगायतका विषयमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्