Logo

वार्षिकोत्सवमा नबिल इन्भेष्टमेण्ट बैंकिङको छुट

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले विभिन्न शुल्कमा छुट दिने अफर ल्याएको छ । कम्पनीले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सो छुट सेवा ल्याएको जनाएको छ । कम्पनीले सेयर लगानीकर्तालाई एक वर्षका लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने शुल्कमा पूर्ण रुपमा छुट गरिने जनाएकोे छ ।
आगामी दिनमा पनि कम्पनीले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरुको लगानीको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता पनि जनाएको छ । लगानीकर्ताको लगानीको उचित व्यवस्थापन गरी उच्च दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकको व्यवस्था गरेको दावी गरेको छ ।
यो लगानी व्यवस्थापन सेवामा दक्ष बजार विश्लेषण तथा अनुसन्धानका आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताको लगानीको निर्णय लिइने कम्पनीले जनाएको छ । लगानी गरिएको रकमबाहेक नाफा भएको रकम जुनसुकै वेला लगानीकर्ताले बजारबाट निकाल्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्