Logo

‘मेरो डाक्टर’ एप एक लाखभन्दा धेरै डाउनलोड

मिदास टेक्नोलोजिको हेल्थेकेयर एप ‘मेरो डाक्टर’ एक लाखभन्दा बढी डाउनलोड भएको छ ।
सञ्चालनमा आएको आठ महिनाको अवधिमा ३५ हजार बढी विरामीलाई सेवा पु¥याएको कम्पनीले जनाएको छ । एपमा सूचीबद्ध अस्पतालहरुबाट तीन महिनामा १० हजारभन्दा बढी विरामीले घरबाटै ओपिडी टिकट लिएका छन्। घरबाटै ओपिडी टिकट लिँदा सेवाग्राहीलाई सहज भएको कम्पनीको दावी छ ।
मिदास टेक्नोलोजी विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्न उल्लेख्य भूमिका खेल्दै आएको जनाएको छ । मिदासले देशभरका १ सय ५० भन्दा धेरै अस्पताललाई व्यवस्थापन पक्षमा सहयोग पु¥याउँदै आएको छ ।
एपमार्फत भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओपिडी टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न वा आफनो मेडिकल रेकर्ड जुनसुकै समयमा हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्