स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्न सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने उद्देश्यले दुवै संस्थाबीच सहकार्य भएको बताइएको छ ।
सम्झौतापश्चात टेक्नोलोजिज र कामना बैंकबीच एससिटी नेटवर्क अन्तर्गत विभिन्न कार्ड प्रयोगमा सहकार्य हुनेछ । आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने विस्वास लिएको बैंकले जनाएको छ ।
एससिटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटएम पीओएस र इकमर्शजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।