Logo

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत सबैले पाएनन् रोगजारी

गजुरी (धादिङ)-धादिङ जिल्लाका विभिन्न १३ स्थनीय तहमा आर्थिक वर्ष २०७८-०७९ का ६ हजार सात सय ३२ परिवारका तीन हजार एक सय ५९ महिलासहित सात हजार ७२ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका छन् ।
सूचीकृत मध्ये एक हजार नौ सय नै जनाले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा एक सय दिनको रोजगारी पाउने छन् । चालु आवमा जिल्लाकै विकट रुवीभ्याली गाउँपालिकाका लागि प्रधानमन्त्री रोगजार कार्यक्रम शुन्य भएको छ । रुवीभ्यालीका १५ परिवारका १० जना महिलासहित १६ जना कार्यक्रममा सूचीकृत भएका थिए । खनियावास गाउँपालिकाका एक सय परिवारका ५८ महिलासहित एक सय एक जना सूचीकृत भएकोमा ७२ जनाले रोजगारी पाउने भएका छन् ।
गंगाजमूना गाउँपालिकाका ९१९ परिवारका ३२० महिलासहित ९२१ जना सूचीकृत भएकोमा २१७ जनाले रोजगारी पाउने भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाका ७९२ परिवाका ३५८ महिलासहित ७९२ जना सूचीकृत भएकोमा दुई सय जनाले रोजगारी पाउने भएका छन् ।
यसैगरी नेत्रावती दब्जोङ गाउँपालिकाका ७१२ परिवारका ३०९ महिलासहित ७१३ जना सूचीकृत भएकोमा १८५ जनाले रोजगारी पाउने भएका छन् । नीलकण्ठ नगरपालिकाका ४०६ परिवारका १५२ महिलासहित ४३५ जना सूचीकृत भएकोमा १३४ जनाले रोजगारी पाउने भएका छन् ।
ज्वालामुखी गाउँपालिकाका १४७८ परिवारका ८५४ महिलासहित १६६७ जना सूचीकृत भएकोमा ३६५ जनाले रोजगारी पाउने भएको छन् । यसैगरी सिद्धलेक गाउँपालिकाका ९० परिवारका ७२ जना महिलासहित ९९ जना सूचीकृत भएकोमा ७२ जनाले रोजगारी पााउने भएका छन् । बेनीघाट रोराङ गाउँपालिकाका ३२१ परिवारका एक सय ४० महिलासहित ३२१ जना सूचीकृत भएकोमा ११३ जनाले रोजगारी पाउने भएका छन् । गजुरी गाउँपालिकाका ३०७ परिवारका २२३ जना महिलासहित ३४४ जना सूचीकृत भएकोमा ११७ जनाले रोजगारी पाउने भएका छन् ।
यसैगरी गल्छी गाउँपालिकाका १०२२ परिवारका ४०४ महिलासहित १०३९ जना सूचीकृत भएकोमा दुई सय ४५ जनाले रोजगारी पाउने भएका छन् । थाक्रे गाउँपालिकाका ५३४ परिवारका २३५ महिलासहित ५६६ जना सूचीकृत भएकोमा १५६ जनाले रोजगारी पाउने भएका छन् । धुनीवेसी नगरपालिकाका ३६ परिवारका २४ जना महिलासहित ३७ जना सूचीकृत भएकोमा ३३ जनाले रोजगारी पाउने भएका छन् ।
गत आवमा ३९६६ जना महिलासहित ९७२६ जना सूचीकृत भएकोमा २४४२ जनाले एक सय दिनको रोजगारी भएका थिए ।
रुवीभ्याली गाउँपालिकाका १४७६ जना सूचीकृत भएका मध्ये ३०४ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग हुनेले १८ वटा आयोजनामा २५ हजार दुई सय छ दिन काम गरेका थिए । खनियावास गाउँपालिकाका ३९५ जना सूचीकृत भएका मध्ये एक सय दुई जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले नौ वटा आयोजनामा छ हजार दुई सय ४२ दिन काम गरेका थिए ।
गंगाजमूना गाउँपालिकाका नौ सय १४ जना सूचीकृत भएका मध्ये दुई सय ८९ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले ३६ वटा आयोजनामा २२ हजार ४५५ दिन काम गरेका थिए । त्रिपुरासुन्दरी गाउँपालिकाका एक हजार ६८ जना सूचीकृत भएका मध्ये एक सय ९१ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले ६४ वटा आयोजनामा १४ हजार दुई सय २४ दिन काम गरेका थिए ।
नेत्रावती दब्जोङ गाउँपालिकाका सात सय ४६ जना सूचीकृत भएका मध्ये तीन सय ४६ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले ६० वटा आयोजनामा पाँच हजार दुई सय ७० दिन काम गरेका थिए । नीलकण्ठ नगरपालिकाका चार सय ६८ जना सूचीकृत भएका मध्ये एक सय ५५ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले नौ वटा आयोजनामा आठ हजार एक सय ६० दिन काम गरेका थिए ।
ज्वालामुखी गाउँपालिकाका एक हजार चार सय ९६ जना सूचीकृत भएका मध्ये दुई सय ७९ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले ४० वटा आयोजनामा १६ हजार चार सय ७४ दिन काम गरेका थिए । यता, सिद्धलेक गाउँपालिकाका एक सय ९७ जना सूचीकृत भएका मध्ये ७५ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले छ वटा आयोजनामा छ हजार आठ सय २६ दिन काम गरेका थिए । बेनीघाट रोराङ गाउँपालिकाका तीन सय ६४ जना सूचीकृत भएका मध्ये एक सय ४१ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले १० वटा आयोजनामा १३ हजार नौ सय ५६ दिन काम गरेका थिए ।
गजुरी गाउँपालिकाका पाँच सय ५५ जना सूचीकृत भएका मध्ये एक सय ६३ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले २५ वटा आयोजनामा १५ हजार आठ सय ९३ दिन काम गरेका थिए । गल्छी गाउँपालिकाका नौ सय ३३ जना सूचीकृत भएका मध्ये ९३ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले १५ वटा आयोजनामा नौ हजार एक सय २२ दिन काम गरेका थिए ।
थाक्रे गाउँपालिकाका छ सय ८१ जना सूचीकृत भएका मध्ये एक सय ४२ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले २२ वटा आयोजनामा ११ हजार चार सय ५३ दिन काम गरेका थिए । धुनीवेशी नगरपालिका गाउँपालिकाका चार सय ३३ जना सूचीकृत भएका मध्ये एक सय ६२ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले २१ वटा आयोजनामा १५ हजार पाँच सय ५७ दिन काम गरेका थिए ।
रोजगारी सेवा केन्द्रले कार्यपालिकाको निर्णय अनुसार काम गर्ने गजुरी गाउँपालिकाका रोजगारी संयोजक सन्तोष सापकोटाले बताए । खासगरी सार्वजानिक निर्माण तथा विकासमा काम गर्ने भएकाले गाउँपालिकाले पर्यटकीय पदमार्ग, सडकको नाली निर्माण र सिँचाई कुलो बनाउने आयोजनाहरुको छनौट गरेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्