पञ्च अष्टनारायण साइकलको सेवा भक्तपुरमा पनि

भक्तपुर- सन् १९२५ मा सुरू भएको नेपालको सबैभन्दा पुरानो साइकल पसल पञ्च अष्टनारायण साइकलका सेवाहरू भक्तपुरमा पनि उपलब्ध हुने भएको छ ।
भक्तपुर वाँचु टोल, इनाचोमा अवस्थित जुजु बाइक्सले यो सेवा भक्तपुरमा भित्र्याएको हो । जुजु बाइक्समार्फत भक्तपुरका साइकल प्रेमीहरूले विश्वस्तरीय साइकल ब्राण्डहरू अब सजिलै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । माउन्टेन बाइकको सर्भिसिङको लागि पनि अब काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ ।
पुरानो साइकल एक्सचेन्ज, इलेक्ट्रिक साइकल, रिकण्डिसन्ड साइकल, साइकल स्पेयर पार्टस र साइकलिङ सामग्री खरिद बिक्री लगायत साइकल रेन्टल तथा साइकलिङ टुर्सको लागि पनि जुजु बाइक्सले सेवा पनि सुरू गरिएको बताइएको छ ।
भक्तपुरमा साइकल संस्कृतिलाई टेवा पु-याउन यस व्यवसायबाट मद्दत पुग्ने आशा लिइएको छ । पछिल्लो समय साइकललाई प्रदुषण मुक्त साथ साथै स्वास्थवद्र्धक सवारीको रूपमा धेरै सर्वसाधारणले नियमित साइकलिङ गर्न सुरु गरेको छ । हाल नेपाली बजारमा पाँच हजारदेखि ८ लाख रूपैयाँसम्म पर्ने साइकल पाइन्छ ।