Logo

यूनियन लाइफको ‘जीवन आवरण बिमा’ योजना

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन आवरण बिमा योजना सञ्चालनमा ल्याएको छ ।
कम्पनीले बिमा समितिबाट स्वीकृत गराई सो योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । जीवन आवरण बिमा योजनामा बिमा गर्नेका लागि विविध सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जिवित रहेमा बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बिमांक रकम अर्थात दुई गुणा बिमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको कम्पनीको भनाइ छ ।
यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बिमांक रकमको दुई गुणा बिमांक रकम, अतिरिक्त दुर्घटना लाभवापत एक करोड रुपैयाँसम्म र बोनस रकम उपलब्ध हुने बताइएको छ । उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैयाँदेखि आयश्रोतको आधारमा बिमांक रकमको बिमा गर्न सक्ने बताइएको छ । युनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बिमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बिमा योजना अन्तर्गत स्थायी अङ्गभङ्ग सुविधा समेत उपलब्ध हुनेछ । उक्त बिमा योजना लिएका बिमितहरुले बिमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
कम्पनीले प्रचलनमा ल्याएको उक्त बिमा योजनामा भएका प्रावधानबाट बिमा गर्ने व्यक्तिले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्