गायक सन्तोष अधिकारीको ‘हिउँले ढाक्ने’ पप गीत सार्वजनिक

नयाँ नेपाली पप गीत हिँउले ढाक्ने सार्वजनिक गरिएको छ ।
गायक सन्तोष अधिकारीद्वारा रचित तथा स्वरबद्ध यस गीतलाई रेखा अधिकारीले प्रस्तुत गरेकी हुन् । शरद राजमैनाली र सुजित शाहीको संयुक्त संगीत रहेको यस गीतलाई राजीव एन्ड्रियु श्रेष्ठले एरेन्ज गरेका छन् ।
मनमोहक दृश्य समेट्न सफल यस म्युजिक भिडियोलाई रामकुमार केसीले छायांकन गरेका छन् । गायक सन्तोष अधिकारी स्वयम् र नायिका आशा भारतीको अभिनय रहेको यस म्युजिक भिडियोमा सिँगार शर्मिला सुनारले गरेकी छिनभने दृश्य सम्पादन टेकेन्द्र शाहको रहेको छ ।
म्युजिक भिडियोका रचनाकार र निर्देशक शरदराज मैनाली हुन् । प्रेमी प्रेमीकाबाट टाढा रहेकाहरूले सगै हुँदा सम्झने गीतलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।