Logo

सुकुम्बासी मोर्चा नेपालको काठमाडौंमा -याली

बसोबासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माईतीघरमण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण -याली गरेको हो । कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण -याली गरेको बताए ।
उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेतचरित्रको बिरुद्धमा ध्यानाकर्षण गराएको बताए ।
अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए । उनले सरकारले सुकुम्बासीहरूका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा भनेबमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताए ।
अध्यक्ष कार्कीले भने, ‘आज नेपालमा सुकुम्बासीलाई बिना विकल्प उठिवास गराउने, एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँड्ने सरकारको दवेतचरित्रको विरुद्धमा र सरकारलाई ध्यानाकर्षण गराउनका निम्ति हामी आज शान्तिपूर्ण, सांकेतिक ध्यानाकर्षण ¥याली गरिरहेका छौं । तर, आजको हाम्रो ध्यानाकर्षण -यालीलाई प्रशासनले छेक्ने काम गरिरहेको छ । हामी अधिकार प्राप्तिको निम्ति प्रदर्शन गरिरहेका छौं ।
हाम्रो झुपडी भत्काउने खालको सरकारको जुन रबैया छ, त्यसप्रति ध्यानाकर्षण गराउँछाँं । देशभर कार्यक्रम सञ्चालन गर्ने संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको ध्यानाकर्षण भएको छ । बाघलाई संरक्षण गरेर राख्ने सरकारले भोट हालेका नागरिकलाई पनि संरक्षण गर्नुपर्छ । हिजो घोषणापत्रमा जे भन्नुभएको थियो, हामीलाई भोट हाल्नुस् हामी तपाईलाई पुर्जा दिन्छौँ भन्नुभएको थियो, तर सरकारले ५ वर्ष बितिसक्दा पनि हामीलाई बसोवासको आधारमा पुर्जा दिनुको साटो बिना विकल्प उठिवास गराउने सूचना प्रवाह गरेर तरंगित गरेको छ ।’
अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरूको समस्या तत्काल सम्बोधन नगरे देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्