Logo

प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने

प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको २८औं वार्षिक साधारणसभाले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धी अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्