ओपोद्वारा एयर ग्लास सार्वजनिक

ओपोले इन्नो डे २०२१ मार्फत ओपो एयर ग्लास सार्वजनिक गरेको छ ।
अत्याधुनिक एआर (एसिस्टेड रियालिटी) उपकरणमा ओपोद्वारा स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टर, अत्याधुनिक माइक्रो एलईडी र टर्च, आवाज, टाउकोको चाल र हातको चालमार्फत प्रयोगकर्तालाई आवश्यक जानकारी सहज र तिब्र तरिकाबाट प्राप्त गर्न सकिने गरी चार भिन्न अन्तरक्रियाको विकल्प सहितको बिस्पोक डिफ्राक्शन अप्टिकल वेभगाइड डिस्प्लेको प्रयोग गरिएको छ ।
ओपो एयर ग्लासको निर्माण नवप्रबर्तनात्मक मोनोकल वेभगाइड डिजाइनमा आधारित छ । ओपोको विशिष्ट डिजाइन अवधारणामा आधारित एयर ग्लासमा वजनमा हल्कापना र सरल लुक्स दिन फ्रि–फ्लोइंग कर्भ्सको प्रयोग गरिएको छ । जम्मा ३० ग्राम नजिक वजन भएको ओपो एयर ग्लास उद्योगमै सर्वाधिक हल्का मोनोकल वेभगाइड उपकरण हो जसलाई साधारण ग्लासकै रुपमा पहिरिन सकिन्छ ।
अत्याधुनिक माइक्रो एलईडी र पाँच हाई–ट्रान्सपेरेन्सी ग्लास लेन्सका साथ स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टरले अभुतपूर्व एआर अनुभव प्रदान गर्छ । माओपिया र हाइपरमेट्रोपिया लगायत रिफ्राक्टिव ईरर्स भएका प्रयोगकर्तादेखि सम्भव भएसम्म सबैले प्रयोग गर्न सकुन् भन्ने सोचका साथ ओपो एयर ग्लासको डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
चाँदी रंगमा हाफ फ्रेम सहितको ओपो एयर ग्लास
औद्योगिक पार्टनर्सका साथमा बृहत्त उपयोगिताका लागि विकसित
ओपोद्वारा स्वविकासित एप्लिकेशन्सका साथै ओपो एयर ग्लासमा अन्य विभिन्न एप्लिकेशनहरु जस्तै ः वेडर, क्यालेन्डर, हेल्थ, टेलिप्रोम्प्टर, ट्रान्सलेशन र नेभिगेशन समेत ईन्स्टल्ड छन् ।
ओपो एयरग्लास वेडर नोटिफिकेशनका लागि सक्षम छ
ओपो एयर ग्लासमा बाइडु वाक र बाइक नेभिगेशन एण्ड एक्स्प्लोर नियरबाई लगायत एप्लिकेशनको कस्टमाइजेशनका लागि ओपोले बाइडुसंग नजिक रही सहकार्य गरिरहेको छ । नेभिगेशनको सहायता मार्फत प्रयोगकर्ताले बाइक वा पैदल यात्राका लागि निर्देशनहरु प्राप्त गर्न सक्नेछन् । त्यसैगरी एक्स्प्लोर नियरबाईले प्रयोगकर्ताको अवस्थिती अनुसार नजिकका पसल वा आकर्षणहरुका बारेमा जानकारी सम्प्रेष्ति गर्छ ।
ओपो एयर ग्लासले बाइडु वाक र बाइक नेभिगेशन एण्ड एक्स्प्लोर नियरबाई लगायत एप्लिकेशनको कस्टमाइज्ड भर्जन सपोर्ट गर्छ ।
उपलब्धता
चाइनिज मेनल्याण्डका बजारमा ओपो एयर ग्लास सन् २०२२को पहिलो त्रैमास भित्रै सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । दूई कष्टम फ्रेम एक्सेसरिजका साथमा यो उपकरण कालो र सेतो गरी दूई रंगको विकल्पका साथ उपलब्ध हुनेछ ।