Logo

सेवानिवृत्त भएपछि पुनः कृषकको सेवामा

दाङ-घोराहीमा पशुपंक्षीको उपचार तथा सेवा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । भेटरिनरी तथा पशु स्वास्थ्यका क्षेत्रमा साढे ३६ वर्ष कार्य गरेर सेवा निवृत्त भएका डा. बेदबहादुर केसीले घोराही १४ मा ब्लु क्रस भेटरिनरी क्लिनिक बहुउद्देश्यीय तालिम तथा परामर्श केन्द्र सञ्चालनमा ल्याएका हुन् ।
पशुपंक्षीको उपचार गर्ने, कुखुराको पोष्टमार्टम गर्ने, पशुपक्षीको खोप लगाउने, छोटो अवधिका पशुपालन तालिम गर्ने, रोगको नमुना जाँच गर्ने लगायत सेवा तथा परामर्श एकै थलोबाट दिने लक्ष्यसहित सञ्चालनमा ल्याइएको डा केसीले बताए ।
आफूले जानको सीप कृषकलाई प्रदान गर्ने उद्देश्यले यस प्रकारको केन्द्र सञ्चालनमा ल्याएको उनको भनाइ छ । “सेवा निवृत भएपछि सामाजिक कार्य गर्न उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको हुँ” डा केसीले भने । नाफा कमाउने भन्दा पनि सामाजिक सेवातर्फ आफू अगाडि बढ्ने उनले बताए ।
डा. केसीले आफूले सिकेको ज्ञान र काम गर्दा प्राप्त गरेका अनुभवलाई सही ढंगले परिचालन गर्दै कृषकलाई भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने बताए । ल्यावसहितको सेवा थालनी गरेकाले पशुपंक्षी पालक कृषकलाई पर्न सक्ने समस्या समाधानसँगै कृषि तथा पशुपालनमा लाग्न चाहनेलाई परामर्शसहित तालिम पनि प्रदान गरिने हुँदा सेवाको लाभ लिनसमेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्