Logo

कर्णाली सरकारमा पाँच मन्त्री थपिए

सुर्खेत-कर्णाली प्रदेश सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले रिक्त पाँच मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त गरिएको छ । नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढा र दैलेखका हिमबहादुर शाही मन्त्री बनेका छन् । बुढा सामाजिक विकास मन्त्री र शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हुन् । बुढा यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारमा पनि सामाजिक विकासमन्त्री थिए भने प्रमुख सचेतक शाही पहिलो पटक मन्त्री बनेका हुन् ।
माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बनेका छन् । सिंह उर्जा तथा जलस्रोत मन्त्री तथा लामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् । गैर सांसदलाई मन्त्री बनाउन लागेको भन्दै माओवादी बार्टी र जनस्तरमै बिरोध भएपनि लामा मन्त्री बनाएको छ । एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनेका छन् ।
मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् । १६ कात्तिकमा मुख्यमन्त्री बनेका शाहीले झण्डै साढे तीन महिनापछि मन्त्री परिषद्लाई पूर्णता दिएका छन् । नव नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुखबाट सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्