Logo

शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको नाम

बागलुङ- शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका छन् । “अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गछ, मन्त्रीले भने, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।”
तोकिएकै समयमाचुनावहुने भएकाले फागुन भरिमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई निर्देशन दिए ।
“स्थानीयतहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ । मन्त्रीपौडेलले भने, अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरूको काम सक्नुहोस् ।”
गलकोट मल्म जोड्ने पक्कीपुल निर्माणमा ढिलाइ भएको भन्दै त्यसको अनुगमन गरी कार्य अघि बढाउन निर्देशन दिए । जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए ।
आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन आग्रह गरे । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजनाहरू, विद्यालय, मोटरबाटोलगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिए । बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको बताए ।
“बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्यमन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु” मन्त्री पौडेलले भने, “त्यसकालागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिदिनप¥यो ।”
बुर्तिबामा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्कालजाने योजना रहेको सुनाए ।
पकोभिडका कारण एक जनामात्र स्वास्थ्य अस्पतालमा भर्ना भई स्वास्थ्पोचार गरिरहेकाले जिल्लामाको भीडको संक्रमण कमहुँदै गएको उनको भनाइ छ ।
मध्यपहाडी लोकमार्ग निर्माणको विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेर ० देखि ५.५ किलोमिटर कालोपत्रे लागि काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्