पाठेघरको नियमित जाँच गराइराख्नुपर्छ «

पाठेघरको नियमित जाँच गराइराख्नुपर्छ


फेब्रुअरी ४, शुक्रबार विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरेर यस वर्ष ‘बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरू बढ्दै गएको अध्ययनले देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी महिलाहरूको पाठेघरको क्यान्सर हुने गरेको विज्ञहरू बताउँछन् । पछिल्लो केही वर्षयताको तथ्यांकअनुसार महिलाहरूमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरका समस्या देखा परेको स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. रोशनी उलकले बताइन् । उनले समाजमा जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको बताइन् । डा. उलकका अनुसार हरेक महिलाले प्रत्येक वर्ष आफ्नो पूरा शरीरको चेकजाँच गर्ने हो भने पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन सकिन्छ । सुरुवाती चरणमै चेकजाँच गरेर उपचार गरे पाठेघरको मुखमा हुने क्यान्सरको पूर्ण रूपमा उपचार गर्न सकिने उनको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हाल फोक्सोको क्यान्सर सबैभन्दा बढी २३ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर १७ प्रतिशत रहेको छ । प्रस्तुत छ, विश्व क्यान्सर दिवसका अवसरमा स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ डा. रोशनी उलकसँग गरेको कुराकानीको सार :

नेपालका महिलामा क्यान्सरको अवस्था कस्तो छ ?
पछिल्लो समय क्यान्सरको अवस्था हेर्दा, नयाँ डेटा (तथ्यांक) अनुसार महिलाहरूमा सबैभन्दा धेरै सर्वाइकल क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर र लङ क्यान्सरहरू सबैभन्दा बढी मात्रामा पाइएको छ ।

समाजमा क्यान्सरविरुद्धको सचेतना कस्तो छ ?
मान्छेहरूमा जनचेतनाको कमीजस्तो लाग्छ मलाई । मान्छेहरू केही समस्या परेमा अस्पताल आउनुप¥यो । के छ भनेर जँचाउनुप¥यो । गाउँघरतिर त त्यस्तो छैन । तर, काठमाडौंको नै मान्छेहरूमा पनि आफूलाई केही नपरेसम्म अस्पताल जाँदैनन् । नेपालीहरूको सोचाइअनुसार । हामीले वर्ष–वर्षमा अस्पताल गएर होल बडी चेकअप (शरीरको पूरा चेकजाँच) गराउनुपर्छ । अहिले नयाँ ट्रेन (चलन) त गएको छ तर काठमाडौं मात्रै नेपाल होइन, बाहिरी जिल्लाका मानिसलाई पनि यसका बारेमा जनचेतना जगाउन नसकेको कारणले गर्दा नै हामीमा क्यान्सर बढिरहेको छ ।

केही वर्षयता महिलालाई हुने पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ भन्ने कुरा सही हो ?
पाठेघरको मुख भनेको पाठेघर र भजाइना (महिलाको यौनाङ्ग) लाई कनेक्ट गर्ने (जोड्ने) कुरालाई पाठेघरको मुख भनिन्छ । यसको क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । पाठेघरको क्यान्सर भन्नाले भित्र पनि हुनसक्छ । इन्डोमेट्रियल क्यान्सर हुन सक्छ, फ्यालोपनट्युबको क्यान्सर हुनसक्छ, ओभरीको क्यान्सर हुन सक्छ । तर, हामीले अहिले कुरा गर्दा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । यो ‘ह्युमन प्याप्लोमा’ भन्ने भाइरस भन्ने जुन कीटाणु छ, त्यसले गर्दा सबैभन्दा मस्ट कमन कज एचपीबीको कारणले गर्दा हुन्छ । १६ र १८ जुन स्ट्रयान्ज छ, त्यसले बढी गराउँछ ।

कस्तो लक्षण देखिन्छ, कसरी थाहा पाउने ?
यदि बिरामीले श्रीमान्सँग शारीरिक सम्पर्क गर्दा रगत देखा पर्ने, महिनावारी सुकिसकेपछि पनि अलिअलि रगत देखा पर्ने, डिस्चार्ज आउँदा बल्डी डिस्चार्ज जस्तो हुने, फल्स मेलिङ डिस्चार्ज हुने यस्तो कुनै पनि लक्षण तपाईंमा देखिए अस्पताल गएर चेकजाँच गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सर कस्तो हुन्छ भने त्यसको एउटा प्याप टेस्ट भन्ने हुन्छ । त्यो गर्न सकिन्छ । क्यान्सरबाट जोगिन प्याप स्मेल गर्न सकिन्छ, २१ देखि २९ वर्ष समूहका महिलाहरूले यदि उहाँहरू सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ भने प्याप स्मेल टेस्ट हरेक तीन वर्षमा गर्नुपर्छ । ३५ देखि ६५ उमेर समूहको हुनुहुन्छ भने प्याप टेस्ट मात्रै गर्दा तीन वर्षमा गर्नुपर्छ । त्यसमा प्याप टेस्ट पनि जाँच्ने हो भने हरेक पाँच वर्षमा गर्नुपर्छ । यदि ६६ भन्दा माथिका महिलाहरू हुनुहुन्छ भने पहिला जति पनि दिनहरूमा गरिरहनुभएको छ प्याप स्मेल टेस्ट, यदि नेगेटिभ छ भने अब डिस्कन्टिन्यू गरे पनि हुन्छ । भविष्यमा सर्वाइकल क्यान्सर लाग्ने चान्सेस उहाँहरूमा घट्दै जान्छ ।

कस्तो महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुन्छ ?
रिस्क फ्याक्टरको कुरा गर्ने हो भने रिस्क फ्याक्टर भन्नाले यदि महिलाले पार्टनर चुज गर्दा मल्टिपल पार्टनर छानेको छ भने ‘द मोर मन्टिपल पार्टनर द मोर चान्सेज टु सर्वाइकल क्यान्सर’ । त्यसैले पार्टनर चुज पनि घटाउनुपर्छ । मल्टिपल पार्टनर युज गर्नुभएन एउटा कुरा । दोस्रो भनेको अर्ली एजमा सेक्स गर्नु पनि भएन । त्यो पनि अर्को कारण हुन सक्छ । यदि एसटीडी (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज) रोगहरू छ, गोनोरिया, क्लाइमेडिया, एचआईभीजस्ता रोग लागेका छन् भने र अर्को इम्युन कम्परमाइजमा पनि लाग्ने चान्सेजहरू बढी हुन्छ । त्यसैले यी रिस्क फ्याक्टरलाई ध्यानमा राखेर उहाँले प्रिभेन्सन (रोकथामका उपाय) हरू लिन सक्नुहुन्छ ।

रोकथाम तथा उपचार सेवा कसरी गर्न सकिन्छ ?
ह्युमन प्यापिलोमा भाइरस भनेको धेरैवटा स्ट्र्यान्ज छ । त्यसमध्येमा १६ र १८ ले सबैभन्दा बढी क्यान्सर गराउँछ भन्ने अहिलेसम्मको अध्ययन छ । भ्याक्सिनमा दुईवटा पाउन सकिन्छ । एउटा सर्वारिस्क र अर्को गार्डेसिल भन्ने छ । सर्वारिस्कले १६ र १८ लाई मात्रै काम गर्छ भने गार्डेेसिलले १६, ८, ६ र ११ को स्ट्र्यान्जलाई पनि काम गर्छ । ६ र ११ नम्बरको स्ट्र्यान्जले हामीलाई सबैभन्दा बढी जेनेटिक वर्टहरू गराउँछ । त्यसले गर्दा पाउनुहुन्छ भने गार्डेसिल लगाएको राम्रो, नभए सर्वारिस्क पनि लगाएको राम्रो । भ्याक्सिन लगाउने सबैभन्दा रिकमेन्डेट (सिफारिस गरिएको) एज ग्रुप (उमेर समूह) भनेको ११ देखि १२ वर्ष मानिन्छ । तर, लगाउन सुरु नौ वर्षदेखि गरे पनि हुन्छ । दुई डोज भ्याक्सिन हुन्छ । ६ देखि १२ महिनामा लगाउनुपर्छ । एकपटक सम्पर्कमा बसिसक्नुभएको छ भने त्यति धेरै त्यसले इफेक्ट (असर) गर्दैन ।

पाठेघरको मुखको क्यान्सरपीडितको संख्या बढ्नुको कारण के देख्नुहुन्छ ?
मेरो विचारमा मान्छेहरूमा जनचेतनाको कमी जस्तो लाग्छ । एउटा कुरा त पहिला किन लाग्छ त यो रोग भन्ने कुरा थाहा छैन । तर, लागिसकेपछि कसरी यसलाई वर्ष–वर्षमा आएर कसरी हेर्न सकिन्छ, प्याप टेस्ट गर्न सकिन्छ भन्ने जनचेतना पनि छैन । कुन लक्षण देखिइसकेपछि के समस्या हुन्छ, कहाँ देखाउन जाने ? त्यो पनि थाहा छैन । पाठेघरको मुखको क्यान्सर जुन छ, यदि अर्लि डिटेक्सन हुने हो भने यो क्यान्सर मोर सक्सेसफुल ट्रिटमेन्ट क्यान्सरमा पर्छ । त्यसैले पेसेन्ट (बिरामी) लाई लाग्दैमा फैलिहाल्ने भन्ने हुँदैन । तर पेसेन्ट सर्वाइकल क्यान्सर लिएर हाम्रो अस्पतालमा आउनुहुन्छ भने डेफिनेट्ली उहाँ लेट स्टेज (अन्तिम चरण) मा आउनुहुन्छ । अर्थात् पूरा फैलिएपछि मात्रै आउनुहुन्छ । सुरुको स्टेजमा आउनुभयो भने त्यसका लागि प्रिभेन्सन त छ नि ।

विशेषज्ञका रूपमा आममहिलालाई के सुझाव दिनुहुन्छ ?
म हरेक महिलालाई के भन्न चाहन्छु भने तपाईंहरू आफ्नो पाठेघरको नियमित जाँच गराइराख्नुपर्छ । केही समस्या नपरे पनि वर्षमा एकपटक आफ्नो स्वास्थ्यकर्मीलाई गएर एकपटक जँचाउनुस् भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्