नेप्से परिसूचक फेरि १४ सय तल «

नेप्से परिसूचक फेरि १४ सय तल

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक निरन्तर ओरालो लागेर १४ सय भन्दा तल झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आइ ३२ करोड रुपैयाँमा झरेको छ । नेप्सेमा कारोबार भएको यो साताको तेस्रो दिन मंगलबार पनि नेप्से घट्ने क्रम जारी रह्यो । सोमबार समान्य अंकले घटेको नेप्से मंगलबार ९ अंकले घटेको हो । बजार सूचक संगै कारोबार रकममा पनि आएको गिरावटले सेयर लगानीकर्तामा लगानी वढाउने वा बित्री गर्ने भन्नेमा अन्योल देखिन्छ ।
नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको हुनाले सेयर बजार फकर्ने सिएफए हेमन्त बस्यालले बताए । पछिल्लो समयमा राजनीतिक अस्थिरता सकिएको हुनाले पनि सेयर बजार वढ्ने आशा रहेको उनले बताए । रकममा पनि कमी आएकाले सेयर लगानीकर्ता सेयर बिक्रीका लागि नहतारीएको उनले बताए । यो साताको तेस्रो दिन मंगलबार ९ भन्दा धेरैले घटेर नेप्से परिसूच्क १४ सय भन्दा तल आएको छ । नेप्से परिसूचक १४ भन्दा धेरै नै तल नगएको हुनाले फकर्ने बस्यालको भनाइ छ ।
मंगलबार कारोबार सुरु हुँदा १४०२.०९ अंकमा रहेको नेप्से ९.०५ अंकले घटेर बन्द हुँदा १३९३.०४ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि समान्य अंकले घटेको छ । नेप्सेका कारोबार भएका विकास बैंक ३.४५, वित्त ३.८३, बिमा ८७.६५, अन्य ०.३६, लघुवित्त ९.२१, बैंकिङ ६.६७, ब्यपार ०.५, होटल ३७.२९ र जलविद्युत २९.४८ र उत्पादन मुलक समूह ३.४१ अंकले घटेका छन । तर, मंगलबार कारोबार भएपनि उत्पादनमूलक समूहमा कुनै परिवर्तन भएन ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लख्य कमी आएको छ । नेप्सेमा १५५ कम्पनीको ३ हजार ८ सय ६२ कारोबारबाट ३२ करोड २६ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ७ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार भन्दा धेरै कम हो ।

प्रतिक्रिया दिनुहोस्