चितवनको गाउँब्लकमा जग्गा धनी प्रमाण पुुर्जा वितरण

चितवन-भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका भू्मिहीनलाई शुक्रबार जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् ।
मन्त्री श्रेष्ठले चितवन जिल्लाको इच्छाकमना गाउँपालिकाको गाउँब्लकमा रहेका ३६ घर परिवारलाई जग्गाधनी प्रमाण पुुर्जा वितरण गरेकी हुन् । जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान नै सञ्चालन गरेर काम गरिरहेको र हालसम्म करिब १२ हजार घर परिवारलाई जग्गा धनी पूर्जा वितरण गरी सकिएकोे जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले भूूमि भएर पनि भूूमि विहिन बनिरहेका कोही पनि भूमि पाउनबाट छुुट्न नहुनेमा जोड दिँदै सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि भूमिहीनलाई भूमि दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताइन् । भूूमिहीन दलित, भूमिहीन सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न विभिन्न स्थानीय तहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोगमार्फत काम अगाडि बढाइ सकिएको पनि उनले जानकारी दिइन् ।
यसैक्रममा मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालि र तिरहुत गाउपालिकाको गाउव्लकमा रहेकालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन् ।
मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ ।