शक्तिकेन्द्रको आडमा जलविद्युत् लाइसेन्स होल्ड नगर्नुस् : ऊर्जामन्त्री «

शक्तिकेन्द्रको आडमा जलविद्युत् लाइसेन्स होल्ड नगर्नुस् : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न शक्तिकेन्द्रको आडमा जलविद्युत् आयोजनाका अनुमतिपत्र (लाइसेन्स) होल्ड नगर्न आग्रह गरेका छन् ।
५० मेगावाटमाथिका जलविद्युत् आयोजनाले व्यहोरिरहेका समस्या र समाधानका उपायबारे विद्युत् विकास विभागले आयोजना गरेको छलफलमा मन्त्री पुनले लाइसेन्स होल्डको सट्टा अन्य व्यवसाय गर्न आग्रह गरे । लाइसेन्स होल्ड गरेर नबस्न म सुझाव दिन चाहन्छु । हामी हाम्रा कमजोरी सुधार्छौं,तपाँईहरूका समस्या हल गर्छौं तपाईंहरू पनि जिम्मेवार बन्नुप-यो, उनले भने, “बेला बेलामा शक्ति केन्द्रहरूको दबाब आयो भनेर सचिव, महानिर्देशक भन्नुहुन्छ, यो राम्रो काम होइन, यस्ता काम छोडिदिनुस्, निर्माणमा लाग्नुस् ।”
छलफलमा सहभागी जलविद्युत् प्रवद्र्धकहरूले आयोजनाहरूमा पु-याउनुपर्ने प्रक्रिया झन्झटिलो भएको, उचित सहजीकरण नहुँदा समस्या झेल्नुपरेको लगायतका समस्या सुनाएका थिए । मन्त्री पुनले भने प्रवद्र्धकहरूले उठाएका समस्या समाधानका लागि कोसिस गर्ने बताएका थिए । “हाम्रो समस्या साझा हुन् । मलाई लाग्छ त्यसबारेमा हामी सबै जानकार पनि छौं । साझा समस्या साझा ढंगले हामी हल गर्छौं,” उनले भने, “कार्यशैली सुधार होस् वा नीतिगत संरचना परिवर्तन गर्नुपर्नेहोस् त्यो पनि हल गर्छौं । आयोजनाका समस्या छन् भने आयोजनासँग बसेर पनि हामी हल खोज्छांै । सहजीकरण गर्छौं ।”
बिजुली किन्नका लागि सरकारसँग कुनै समस्या नभएको बताउँदै मन्त्री पुनले पिकिङ आरओआर आयोजना निर्माणमा जान आग्रह गरे । “सरकारले विद्युत् किन्ने वातावरण बनाउँछ म स्पष्ट पार्न चाहन्छु । हामीले देशभित्र खपतको वातावरण बनाउँछौं,” उनले भने, “तपाँईहरू ढुक्क भएर आयोजना बनाउनुहोस्, प्रसारणलाइन निर्माणको काम पनि दु्रतगतिमा अघि बढ्छ ।”

प्रतिक्रिया दिनुहोस्