ग्रीन डेभलपमेण्ट बैंकको शाखा बिस्तार

ग्रीन डेभलपमेण्ट बैंकले तनहुँको व्यास नगरपालिका–२ सफासडक, दमौलीमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले शुभारम्भ गरेका छन् । अध्यक्ष श्रेष्ठले स्थानीय स्तरवाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानीय बैंक भएको बताए ।
प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्बन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकता दिने बताए ।
बैंकले हाल कास्की, बागलुङ, म्याग्दी र नवलपुरमा रहेका १५ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।