Logo

फ्याक्ट्स अफ नेपाल २०२२ पुस्तक सार्वजनिक

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स प्रालिले ‘फ्याक्ट्स अफ नेपाल २०२२’ पुस्तक सार्वजनिक गरेको छ ।
यो पुस्तक इन्फोग्राफिक संकलनको अत्यन्त सफल शृङ्खला फ्याक्ट्स नेपालकोे सातौं संस्करण रहेको बताइएको छ । फ्याक्ट्स नेपालले नेपालका सामाजिक क्षेत्रको विस्तृत दयारामा परिक्षित तथ्यांक र सूचनाको पूर्ण उपकरणको रूपमा काम गरेको दावी गरेको छ । यो संस्करणमा देशका सामाजिक, राजनीतिक, वातावरणीय, र आर्थिक क्षेत्रको अवस्थाका बारेमा विस्तृत तथ्यांक र इन्फोग्राफिक्स समावेश गरिएको छ ।
यो संस्करणले विभिन्न २२ क्षेत्रलाई समेटेकाले पाठकलाई देशको व्यावसायिक, सामाजिक, विकास र राजनीतिक क्षेत्रमा विस्तृत जानकारी र अन्तर्दृष्टि प्रदान गर्ने बताइएको छ ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकालदेखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्