सीजी नेटले १५ दिन निःशुल्क परीक्षणको सुविधा दिने

सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई लक्षित गरी ‘फ्री ट्रायल अफर’ ल्याएको छ ।
यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउने कम्पनीले जनाएको छ । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क तिर्नु पर्दैन । उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफूहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सीजी नेटले दावी गरेको छ ।
सीजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले प्रयोगकर्ताले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए । राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ ।
सीजी नेटले हाल ९ सय ९९ रुपैयाँ प्रति महिनामा १२० एमवीपीएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैयाँ प्रति महिनामा पचास एमवीपीएसको प्याकेज प्रदान गर्दै आएको छ । न्यून शुल्कमा गुणस्तरीय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताको पहिलो रोजाइमा आफूहरु रहेको कम्पनीले जनाएको छ ।