स्प्राइटको अफरमा २४ हजारभन्दा बढी विजेता «

स्प्राइटको अफरमा २४ हजारभन्दा बढी विजेता

स्प्राइट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफरमा हालसम्म २४ हजारभन्दा बढी उपभोक्ताले सहभागिता जनाएर रु. २५ लाख बराबरको टक टाइम जित्न सफल भइसकेको कम्पनीले जनाएको छ । माघ १९ गतेबाट सुरु भएको उक्त अफरमा फागुन २५ गतेसम्ममा २४ हजारभन्दा बढी उपभोक्ता सहभागी भएको भन्दै कम्पनीले उक्त अफरअन्तर्गत उपभोक्ताले कोकाकोला ब्रान्डका कोकाकोला, स्प्राइट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीवी अर्थात शिशाको बोतल किनेर प्रत्येक दिन रु. १० देखि रु. १० हजारसम्मको टक टाइम र १ थान सामसङ ग्यालेक्सी नोट ९ जित्न सक्ने जनाएको छ ।
अफरअन्तर्गत सामसुङ ग्यालेक्सी नोट ९ का एक भाग्यशाली विजेता प्रदीप गैरीले भने, “मलाई यस अफरका बारेमा एक जना आफन्तले भनेका थिए । मलाई यस्ता अफरहरूमा खासै विश्वास लाग्दैन तर पनि एकपटक भाग्यको जाँच गर्नुप¥यो भनेर स्प्राइट किनेर ल्याए । त्यसपछि रु. १०–२० जित्ने आशाको साथ एसएमएस पठाए तर जब मलाई फोन आयो एकछिन त विश्वास नै लागेन । सामसङ ग्यालेक्सी नोट ९ पाउँदा म निकै खुसी भएको छु र यस्तो सुनौलो अफर ल्याएकोमा म नेपालको कोकाकोला कम्पनीलाई आभार प्रकट गर्न चाहन्छु ।” यस अफरमा सहभागी हुन उपभोक्ताले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ । योजना चैत १७ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्